Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

घाम नलागेका कारण काठमाडौँ लगायत स्थानमा चिसो बढेको महशुस

  •   ३ वर्ष अघि | २१ मंसिर २०८०, बिहिबार

मंसिर २१, काठमाडौँ । भारतको छत्तिसगढमाथिको आकाशमा रहेको न्युनचापीय क्षेत्रको आंशिक प्रभाव र पश्चिमी वायुको प्रभावले देशका अधिकांश क्षेत्रको आकाश बादलले ढाकेको छ । आज बिहानैदेखि बादल लागेका र घाम नलागेका कारण सबै स्थानमा चिसो बढेको महशुस गरिएको छ ।

कर्णाली र सुदूरपश्‍चिम प्रदेशबाहेकका क्षेत्रमा मौसम सफा नरहेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गङ्गा नगरकोटीले जानकारी गराएकी छन । उनले भनिन् ‘यो आंशिक बदली मात्र हो, वर्षाको सम्भावना छैन।’

आज दिउँसो भरी बागमती प्रदेश, मधेश प्रदेश र कोशी प्रदेशमा मौसम बदली हुने  छ भने कोशी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना पनि रहेको छ । त्यस्तै उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको पनि सम्भावना रहेको छ ।

मौसमपूर्वानुमान महाशाखाका अनुसार बिहीबार दिउँसो काठमाडौँको वायुको तापक्रम १४ डिग्री सेन्सियस छ।

  • न्युज बहार संवाददाता

थप