Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

के तपाइलाई थाहा छ कागती पानि पिउनाले मृगौलाको पत्थरीलाई रोक्न मद्दत गर्छ, अन्य के के छ यसका फाइदाहरु ?

  •   ३ वर्ष अघि | २९ फाल्गुन २०८०, मङ्लबार

फागुन २९, काठमाडौँ । एक लोकप्रिय पेय हो कागती पानी । ताजा र सफा पिउने पानिमा ताजा कागतीको रसलाई मिसाएर यो तयार हुन्छ । यसको फाइदाका बारेमा प्राय: हामी सबैलाई थाहा छ । आउनुहोस यसका फाइदाका बारेमा चर्चा गरौँ ।

कागती भिटामिन सी को एक राम्रो स्रोत हो । भिटामिन सी ले हाम्रो शरिरमा एक स्वस्थ प्रतिरक्षा प्रणालीको विकास गर्छ । यसले  छालाको स्वास्थ्यलाइ र  समग्र मानव स्वास्थ्यलाइ फाइदा गर्छ ।

हामीले पिउने पानीमा कागती थप्दा पानि थप स्वादिष्ट बन्नुका साथै पानीको खपत बढाउन पनि प्रोत्साहन मिल्दछ । जसले हाम्रो शरिरलाई हाइड्रेटेड रहन र विभिन्न शारीरिक कार्यहरूको गर्न सहयोग गर्छ ।

कागतीको रसको अमिलोले पाचन रस र इन्जाइमहरूको उत्पादनलाई उत्तेजित गर्न मद्दत गर्ने हुनाले कागती पानीले पाचन प्रक्रियालाई सहयोग गर्छ ।

कागतीको प्रकृतिक स्वाद अमिलो भएपनि कागतिले शरीरमा क्षारीय प्रभाव दिन्छ । विज्ञहरुका अनुसार अलिकति क्षारीय पीएच कायम राख्नु स्वास्थ्यको लागि लाभदायक पनि हुन्छ ।

हामी मध्ये सबैलाई लाग्छ की कागती पानीले तौल घटाउन वा तौल व्यवस्थापन गर्न मद्दत गर्दछ। यसले कुनै जादु गरेर तौल घटाउने भने होइन तर कागती पानिले बढेको हाइड्रेसन र सम्भावित भोकलाई नियन्त्रण गर्न केही हद सम्म मद्द गर्छ ।

कागतीमा पइने भिटामिन सीले कोलाजेन उत्पादनका लागि महत्वपुर्ण भुमिका खल्दछ जसले छालालाई स्वस्थ राख्छ । त्यसैले हनुसन्धान अनुसार कागती पानी पिउने मानिसहरुको छालाको स्वास्थ्य सुधार हुन्छ ।

कागतीमा पाइने एन्टिब्याक्टेरियल गुणले मुखमा ब्याक्टेरिया घटाएर सास ताजा राख्न मद्दत गर्दछ ।

केही अध्ययनहरूका अनुसार कागतीमा पाइने साइट्रिक एसिडले निश्चित प्रकारको मृगौलाको पत्थरीलाई रोक्न मद्दत गर्दछ ।

कागतीमा एन्टिअक्सिडेन्टहरू हुन्छन् जसले शरीरमा फ्री रेडिकलहरूलाई उत्पादन गर्न मद्दत गर्द र सम्भावित रूपमा अक्सिडेटिभ तनाव कम गर्दछ ।

कागतीको बास्ना प्राय ताजगी र सफाईको भावनासँग सम्बन्धित हुन्छ । केही अनुसन्धानले कागतीको सुगन्धले मुड बढाउने र मुड सुधारमा प्रभाव पार्न सक्छ भन्ने पत्ता लगाएका छन् ।

  • सृजना प्याकुरेल

थप