Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

गर्मी बढेसँगै बिरामीको चाप बढ्न थाल्यो

  •   २ वर्ष अघि | १८ बैशाख २०८१, मङ्लबार

बैशाख १८, काठमाडौँ । देशभरका अस्पताल र स्वास्थ्य संस्थाहरूमा गर्मी बढेसँगै बिरामीको चाप बढ्न थालेको छ ।

अहिले तराईमा तातो हावा चल्ने र ‘लु’ लाग्ने उच्च सम्भावना बढीरहेको छ । तातो हावा चल्ने, वायु प्रदूषण हुने, उच्च तापक्रम हुने जस्ता समस्या जलवायु परिवर्तनका कारण देखिएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार गर्मी र वायु प्रदूषणका कारण देशभर मुटु तथा रक्तनली, फोक्सो, मस्तिष्क, आँखा, नाक, कान र घाँटी आदिमा असर पुर्‍याएको छ ।

अहिले दम, क्यान्सर आदिको जोखिम पनि बढेको डा. बुढाथोकीले जनाएका छन ।

  • न्युज बहार संवाददाता

थप