चैत १८, काठमाडौँ
। अङ्गुर सबै उमेर समुहलाई मपर्ने फल हो । यो बजारमा प्रायः जसो सधैँ पाइन्छ । आज
भोली बजारमा हरियो, कालो, रातो
रङका अङ्गुर
आउन सुरु गरिसकेका छन । अङ्गुर स्वादमा मिठो हुनुका साथै यसको सेवनले शरीरलाई पनि
अनेकौँ लाभ मिल्ने गर्छ । तर आजभोली अङ्गुरको खेतीमा व्यापक स्तरमा किटनाशक
हालिएको पाइएको छ । अङ्गुरको उचित वृद्धिको लागि यसमा धेरै मात्रामा कीटनाशक
प्रयोग गरिन्छ ।
यदी तपाईँले
सादा पानीले मात्रै धोएर अङ्गुर खाइरहनु भएको छ भने तपाईले अङ्गुरसँगै त्यसमा
हालिएको विष अर्थात किटनाशक पनि खाइरहनु भएको छ । किनकी अङ्गुरमा भएको विषादी सादा
पानीले मात्रै पखाल्दा पखालिँदैन । त्यसैले हरेक पटक अङ्गुर खानु अघि राम्रोसँग
यसलाई सफा गर्न जरुरी छ । यसरी सफा गरेर खाँदा शरीरलाई विषादी सेवनका कारणबाट हुन
सक्ने क्षतिबाट जोगाउन सकिन्छ । अङ्गुरमा भएको किटनाशक हटाउन अङ्गुरलाई सफा गर्ने प्रकृयाहरु
यस्ता छन :
पहिले एउटा कचौरा पानी राखेर त्यसमा २ चम्चा समुद्री नुन र २ चम्चा बेकिङ सोडा मिलाउनुहोस । यी दुबैलाई पानीमा पूरै नघुलिनजेल सम्मको लागि पानी चलाउनुहोस । त्यसपछि यो पानीमा अङ्गुरहरूलाई हाल्नुस् । यसरी पानीमा हालिएको अङ्गुरहरू पानिमा राम्रोसँग पुरैको डुबेको हुनु पर्छ । अङ्गुरलाई यसरी करिब ५ मिनेटसम्म यो पानीमा भिज्न दिनुस् र यो पानी फ्याकेर सादा पानीले सफा गर्नुस् । अब अङ्गुर खानका लागि तयार भयो ।
अङ्गुरलाई एउटा भाँडामा राख्नुस् र त्यसलाई पानिमा भिजाउनुस । अब यसमा २ चम्चा जति डिस्टिल्ड भिनेगर वा एप्पल साइडर भिनेगर हाल्नुस् र अङ्गुरलाई यो घोलमा मिलाएर १० मिनेटसम्म भिजाएर राखिदिनुस् । १० मिनेटपछी उक्त पानी निकालेर फ्याँक्नुस् अनि अङ्गुरलाई चिसो पानीले राम्ररी पखाल्नुस । अब यसरी पखालेको अङ्गुर खानको लागि योग्य हुन्छ ।
- न्युज बहार संवाददाता