Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

चेपाङ समुदायको संरक्षणसँगै चिउरी र चमेराको समेत संरक्षण गर्दै बागमती प्रदेश

  •   ३ वर्ष अघि | ११ पुस २०८०, बुधबार

पुस ११, (चितवन) । बागमती प्रदेश सरकारले चेपाङ समुदायको उत्थानका लागि चिउरी र चमेरो संरक्षण गर्ने भएको छ । सामाजिक विकास मन्त्रालयले यसका लागि कार्यविधि तयार गर्न लागेको छ ।  मकवानपुर, चितवन र धादिङका छ पालिकामा प्रदेश सरकारले यो कार्यक्रम लागू गर्ने तयारी गरेको छ ।

सामाजिक विकास मन्त्रालयको सामाजिक विकास महाशाखा प्रमुख गोपालप्रसाद कँडेलका अनुसार चेपाङ समुदायको बसोबास रहेको चितवनको इच्छाकामना, चितवनको कालिका  र राप्ती नगरपालिका, मकवानपुरको राक्सिराङ तथा धादिङको गजुरी र बेनिघाट रोराङ गाउँपालिकामा कार्यक्रम लागू गर्न लागिएको हो।

सामाजिक विकासमन्त्री कुमारी मोक्तानले कार्यक्रम स्थानीय तहको २० प्रतिशत साझेदारीमा लागू गरिने बताइन् । उनको भनाइ अनुसार चिउरीको नर्सरी स्थापना, वृक्षरोपण, सचेतनामूलक कार्यक्रम, मौरीपालन व्यवसायको प्रवर्द्धन, चिउरीको मह र दानाको बजारीकरण यस कार्यक्रममार्फत हुने र चेपाङ समुदायलाई कार्यक्रममार्फत दिगो अर्थोपार्जनको स्रोतको व्यवस्था गरिने छ । अहिले कार्यक्रम कार्यान्वयनका लागि चार चरणमा छलफल भएको भन्दै सबैको सुझाव र सल्लाहका आधारमा कार्यान्वयनमा लैजानेछ।

यस कार्यक्रमले चेपाङ समुदायको आर्थिक तथा सामाजिक क्षेत्रमा सशक्तीकरण गर्नुका साथै परम्परादेखि जोडिएको चेपाङ चिउरी र चमेरोबीचको पारिस्थितिक प्रणाली सुदृढ पार्न सहयोग पुर्‍याउने  विश्वास लिइएको छ ।

चेपाङ समुदायको संरक्षणसँगै चिउरी र चमेराको समेत संरक्षण गरिने बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बताए ।

  • न्युज बहार संवाददाता

थप