Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

एक स्वस्थ अन्न ‘बाजरा’

  •   २ वर्ष अघि | ४ कार्तिक २०८१, आइतवार

कात्तिक ४, काठमाडौँ । के तपाइलाई युरिक एसिडको समस्या छ ? युरिक एसिड भनेको हाम्रो शरीरमा नै पाइने एक पदार्थ हो । शरीरको कोष यो टुक्रिदा यो उत्पादन हुन्छ । शरिरमा यो पदार्थको मात्रा चाहिने भन्दा बढी भएको छ भने त्यस अवस्थालाई युरिक एसिड बढेको वा शरीरमा युरिक एसिडको मात्रा बृद्धी भएको भनिन्छ । युरिक एसिडको मात्रा बढेको अवस्थामा डाक्टरसँगको परामर्शमा औषधीहरुको सेवन गर्न सकिन्छ । तर औषधीसँगै केही घरेलु उपाएहरु पनि हुन्छन जसले युरिक एसिड भएको समयमा फाइदा दिन्छन र केही हद सम्म यसलाइ कम गर्न मद्दत गर्छन ।

युरिक एसिड बढेको समयमा खान मिल्ने एउटा घरेलु खाना हो बाजरा । बाजराको पिठोबाट बनेको खानेकुरा खाँदा युरिक एसिड कन्ट्रोलमा राख्न केही हद सम्म मद्दत गर्छ । बाजारा झट्ट हेर्दा कोदो जस्तै जस्तै देखिन्छ यसको दाना हुन्छ । यसलाई पिनेर यसको पिठोबा बनेको खाना खान सकिन्छ ।

युरिक एसिडमा बाजरालाई फाइदाजनक खानेकुराको रुपमा लिइन्छ । बाजारा एकदमै कम मात्रामा प्यूरिन पाइन्छ र यसमा फाइबर प्रशस्त हुन्छ । प्यूरिन कम र फाइबर बढी भएको खाना शरीरबाट युरिक एसिड हटाउन लाभदायक साबित हुन सक्छ ।

बाजरा एक स्वस्थ अन्न हो ।  यसमा त्यस्ता पोषक तत्त्वहरू हुन्छन जुन शरीरका लागि धेरै लाभदायक हुन्छन । विशेष गरी जाडो मौसममा यो पीठोको सेवन गर्नु फाइदाजनक मानिन्छ । यसले शरीरलाई न्यानो राख्न मद्दत गर्छ ।

बाजरामा प्रशस्त मात्रामा आइरन, फाइबर, जिङ्क, भिटामिन बी३  हुन्छ । यसका साथै यसमा प्रोटिन पनि प्रचुर मात्रामा पाइन्छ । दैनिक रूपमा बाजराको सेवन गर्नाले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न, तौल घटाउन र युरिक एसिड नियन्त्रण गर्न समेत मद्दत गर्छ ।

  • सृजना प्याकुरेल

थप