Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

कपाल झर्न कम गर्ने ६ घरेलु उपायहरु

  •   २ वर्ष अघि | १३ चैत्र २०८०, मङ्लबार

चैत १३, काठमाडौँ । सामान्य अवस्थामा बाहेक वंशाणुगत,  हार्मोनल परिवर्तन, तनाव, खानपान र वातावरणीय कारकहरू जस्ता विभिन्न कारणले कपाल झर्ने समस्या हुन सक्छ । त्यसैले आफ्नो कपाल झर्ने समस्या को मूल कारण पहिचान गर्न आवश्यक हुन्छ । यदी सामान्य अवस्थामा भन्दा धेरै कपाल झरिरहेको छ भने छाला विशेषज्ञ वा स्वास्थ्यकर्मीसँग परामर्श लिनुपर्छ ।

हामीले याहाँ कपाल झर्ने समस्यालाई कम गर्न सकिने केही घरेलु उपचारको बारेमा चर्चा गरेका छौँ ।

·       तेल मालिस : आफ्नो टाउकोमा रोजमेरी, पेपरमिन्ट, लेभेन्डर वा नरिवलको तेल जस्ता आवश्यक तेलहरूले मालिस गर्नाले कपालको वृद्धिमा मदद्त गर्छ र कपालको फोलिकल्सलाई बलियो बनाइ कपाल झर्न कम गर्छ ।

·       एलोभेरा : ताजा एलोवेरा जेल सिधै आफ्नो टाउकोमा लगाउनुहोस् र यसलाई लगभग ३० मिनेट राखेर कपाल पखाल्नुस ।  एलोभेरा जेलमा पाइने एन्जाइमहरूले कपाल बलियो बनाइ झर्न समस्यालाई कम गर्छ ।

·       प्याजको रस : प्याजको रस आफ्नो टाउकोको कपालमा लगाउनुहोस् र यसलाई अघि १५ देखि ३० मिनेटपछी पखाल्नुहोस । प्याजको रसमा सल्फर प्रशस्त हुन्छ, जसले कोलाजेन उत्पादन बढाउन र कपालको वृद्धिलाई बढावा दिन्छ।

·       अण्डाको मास्क: एउटा अण्डा फुटाउनुहोस र यसलाई आफ्नो कपालमा लगाउनुहोस्, लगभग २० मिनेटको लागि छोड्नुहोस्, र त्यसपछि यसलाई चिसो पानीले धुनुहोस्। अण्डामा प्रशस्त मात्रामा प्रोटिन र भिटामिन पाइन्छ जसले कपाललाई पोषण दिन्छ र कपाल झर्ने समस्यालाई कम गर्छ ।

·       नरिवलको दूध : आफ्नो टाउकोमा ताजा नरिवलको दूध लगाउनुहोस् यसलाई लगभग ३० मिनेटको लागि छोड्नुहोस्, र त्यसपछि यसलाई मनतातो पानीले पखाल्नुहोसनरिवलको दूधमा आवश्यक फ्याट र प्रोटिन पाइन्छ जसले कपालको फोलिकल्सलाई पोषण दिन्छ ।

·       मेथीको दाना : मेथीको दानालाई रातभर भिजाएर यसको पेस्ट बनाई टाउकोमा लगाउनुहोस्। करिब ३० मिनेटको लागि छोड्नुहोस्। त्यसपछी यसलाई धुनुहोस। मेथिले कपाल झर्ने समस्या कम गर्दछ।

·       स्वस्थ आहार : स्वस्थ कपालको वृद्धिको लागि भिटामिन, खनिज र प्रोटिनले भरिपूर्ण सन्तुलित आहार खानु आवश्यक हुन्छ । आफ्नो आहारमा पातदार सागसब्जी, नट, बीउ, माछा र दुबला प्रोटिन जस्ता खानेकुराहरू समावेश गर्नुहोस्।जसले हाम्रो कपाल झर्ने समस्याका साथै स्वस्थ शरिर बनाउन मदद्त गर्छ ।

  • सृजना प्याकुरेल

थप