Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

भारत र क्यानाडाबीचको सम्बन्ध थप पेचिलो बन्दै

  •   ३ वर्ष अघि | ३ असोज २०८०, बुधबार

असोज ३, काठमाडौँ । भारत र क्यानाडाबीचको सम्बन्ध थप पेचिलो बन्दै गएको छ । खालिस्तानी नेता हरदीप सिंह निज्जरको हत्याको विषयलाई लिएर तनावग्रस्त बनेको दुइ देशको सम्बन्ध अहिले थप पेचिलो बन्दै गएको हो ।

कूटनीतिज्ञलाई मंगलबारसम्ममा देश निकाला गर्ने प्रतिस्पर्धामा उत्रिएका भारत र क्यानडाले बुधबार एक अर्काविरुद्ध थप दबाब बनाएका छन् ।

क्यानडाले मंगलबार राति भारतमा रहेका आफ्ना नागरिकलाई सतर्क रहन भन्दै ट्राभल एडभाइजरी अपडेट गरेको थियो । भारतले त्यसको २४ घण्टा नबित्दै क्यानडामा रहेका आफ्ना नागरिकलाई ट्राभल एडभाइजरी जारी गरेको छ ।

ट्राभल एडभाइजरी जारी गर्दै भारतले क्यानडामा रहेका आफ्ना नागरिकलाई अत्यधिक सावधानी अपनाउन, क्यानाडामा भारत विरोधी गतिविधिहरू भएको क्षेत्रहरूमा सम्भावित स्थानहरूमा यात्रा नगर्न, सतर्क रहन र कुनै अप्ठेरो परेको खण्डमा भारतीय नियोगहरूलाई जानकारी गराउन जनाएको छ ।

  • न्युज बहार संवाददाता

थप