भदौ २९, काठमाडौँ । मंगलबार एप्पलले आइफोन १५ सिरिज तथा नयाँ एप्पल वाच सार्वनिक गरेको थियो । यसपटक नयँ सिरिज सार्वनिक गर्दै गर्दा कम्पनीले फिचर्स, डिजाइन तथा डिभाइसको पर्फमेन्समा ध्यान दिएको छ।
एप्पलले पहिलो पटक आइफोनमा युएसबी टाइप सी पोर्ट राखेको छ । ६.१ इन्चको सुपर रेटिना एक्सडीआर ओएलइडी डिस्प्ले आइफोन १५ सिरिजको आधारभूत मोडलमा रहेको छ ।
त्यसैगरी स्क्रिनक पिक्सेल रिजोलुसन २५५६गुणा ११७९, ए १६ बायोनिक चिपसेट, १२८ गिगाबाइट स्टोरेज भेरिएन्ट, ब्याक प्यानलमा डुअल क्यामेरा सेटअप जसमा ४८ मेगापिक्सेलको प्राइमेरी क्यामरा, १२ मेगापिक्सेलको टेलिफोटो लेन्स, त्यस्तै १२ मेगापिक्सेलको सेल्फी क्यामेरा, फोनको लम्बाई १४७.६ मिलिमिटर, चौडाई ७१.६ मिलिमिटर तथा मोटाई ७.८ मिलिमिटर रहेको छ । साथै यी सबै विशेषताहरु सँगै यसको तौल १७१ ग्राम रहेको छ ।
- न्युज बहार संवाददाता