माघ ८, काठमाडौँ
। आज भारतको अयोध्या बनेको नयाँ मन्दिरमा भगवान् रामको अभिषेक गरिने भएको छ । भारत
र विदेशबाट धेरै पाहुनाहरू समारोहमा सहभागी हुन आएका छन्। पाहुनाहरूमा पूर्व
राष्ट्रपति, पूर्व उपराष्ट्रपति, व्यवसायी गौतम अडानी, मुकेश-नीता अम्बानी, अभिनेता अमिताभ बच्चन, रजनीकान्त जस्ता दिग्गजहरु सामेल
छन्।
बिहान १०
बजेर २० मिनेटमा प्रधानमन्त्री नरेन्द्र मोदी अयोध्या पुग्नेछन् भने बिहान मंगल
ध्वनिबाट कार्यक्रमको सुरुवात हुने जनाएको । विभिन्न राज्यका ५० भन्दा बढी वाद्य
यन्त्रहरूले बिहान १० बजेदेखि ध्वनि तरङ्गहरू फैलाउनेछन्।
पूरै
अयोध्या सहरलाई यस अवसरमा हजारौँ क्विन्टल फूलले सजाइएको छ। ३ हजार किलो फूलले भव्य
राम मन्दिरलाई सजाइएको छ ।
प्रधानमन्त्री
नरेन्द्र मोदीले अभिषेकपछि मन्दिर निर्माण गर्ने मजदुरहरूसँग भेट गर्नेछन् भने
कुबेरटिलामा गएर उनले भगवान् शिवको पूजा गर्ने कार्यक्रम पनि रहेको छ । त्यस्तै
आज साँझ दीप प्रज्वलन गरी देशभर फेरि दीपावली मनाइँनेछ ।
- न्युज बहार संवाददाता