Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

भारतमा २ हजारको नोट नचलाउने निर्णय।

  •   ३ वर्ष अघि | ६ जेष्ठ २०८०, शनिबार

जेठ ६, काठमाडौँ। छिमेकी मुलुक भारतले २ हजार रुपैयाँका नोट नचलाउने निर्णय गरेको छ।

बिबिसी हिन्दीले उल्लेख गरे अनुसार शुक्रबार भारतको केन्द्रीय बैंकले अबदेखि २ हजारका नोट बजारमा नपठाउने घोषणा गरेको हो।

भारतीय रिजर्भ बैंकले २ हजारका नोट सन् २०१६ मा नरेन्द्र मोदी सरकारको समयमा चलनमा ल्याएको थियो। २ हजारका नोट चलनमा ल्याउँदा भारतमा ५ सय र १ हजारको नोटलाई मोदी सरकारले प्रतिबन्ध लगाएको थियो।

तर अहिले प्रचलनमा आएको ७ वर्षमै २ हजारका  नोट चलनचल्तीमा नरहने घोषणा गरिएको हो।

यस सँगै भारतिय रिजर्भ बैंकले सर्वसाधारणसँग भएका २ हजारका नोट बैंकमा साट्न र बैंकहरूलाई अब देखी २ हजारका नोट बजारमा नपठाउन भनेको छ।

  • न्युज बहार संवाददाता

थप