Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

रूसी सेनामा कार्यरत तिन नेपालीको मृत्यु

  •   ३ वर्ष अघि | १३ मंसिर २०८०, बुधबार

मंसिर १३, काठमाडौँ । गत ८ गते नेपालस्थित कन्सुलर सेवा विभागलाई रूसको मस्कोस्थित नेपाली दूतावासले पत्राचार गरेर तीन नेपालीको मृत्यु भएको जानकारी दिएको थियो । पत्रमा उल्लेख भए अनुसार उनीहरू रूसी सेनामा कार्यरत रहेकै बेला मृत्यु भएको हो।

मृत्यु हुने नेपालीहरुमा दोलखा, मेलुङ गाउँपालिका६ का राजकुमार रोक्का, स्याङ्जा, पुतलीबजार नगरपालिका५ का प्रितम कार्की, र इलाम नगरपालिका९ का गंगाराज मोक्तान रहेको दूतावासले जनाएको छ ।

दूतावासले कन्सुलर सेवा विभागमा पठाएको पत्रमा उनीहरूको गत कात्तिक २९ गते भाइटीकाको दिन मृत्यु भएको उल्लेख गरिएको छ।

 

  • न्युज बहार संवाददाता

थप