जेठ ३२, काठमाडौँ। क्रोएसिया युइएफए नेसन्स लिगको फाइनलमा प्रवेश गरेको छ। बुधबार राति भएको सेमिफाइनल खेलमा घरेलु टिम समेत रहेको नेदरल्यान्ड्सलाई पराजित गर्दै क्रोएसिया सेमिफाइनलमा पुगेको हो।
क्रोएसियाले
नेदरल्यान्ड्सलाई ४-२ गोलले पराजित गर्यो।
फाइनलमा पुगेसँगै क्रोएसिया पहिलो ठूलो उपाधि नजिक पुग्न सफल भएको छ।
हिजोको जित पछी अब क्रोएसियाले आइतबार फाइनलमा इटाली वा स्पेनसँग खेल्ने छ भने नेदरल्यान्ड्सले तेस्रो स्थानको प्लेअफ खेल्नु पर्ने भएको छ।
- न्युज बहार संवाददाता