Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

ग्रिसको एक जंगलमा भिषण आगलागी।

  •   ३ वर्ष अघि | ८ साउन २०८०, सोमवार

साउन ८, काठमाडौँ । ग्रिसको एक जंगलमा भिषण आगलागी भएको छ। जंगलमा भिषण आगलागी भएपछि १९ हजार भन्दा बढी मानिसहरुलाई आगलागी भएको क्षेत्र आसपासबाट सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । अझ पनि मानिसरुको स्थानान्तरण जारी रहेकाले यो संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

लोकप्रिय पर्यटकीय क्षेत्र रोड्स द्वीपबाट १९ हजार मानिसहरुलाई स्थानान्तरण गरिएको हो भने त्यसबाहेक अर्को द्वीप कोर्फुबाट पनि मानिसहरुलाई स्थानान्तरण गर्न सुरु गरिएको ग्रिसको आपतकालीन सेवाले सूचना जारी गर्दै जानकारी दिएको छ।

त्यसैगरी कोर्फु द्वीपका आधा दर्जन बस्ती खाली गराउन आइतबार बेलुका ग्रिसको आपतकालीन सेवाले सूचना जारी गर्दै निर्देशन दिएको छ ।

देशको अग्निशमन सेवाले यो आगलागीको सामनालाई सबैभन्दा कठिन घटना भनेको बीबीसीका उल्लेख गरेको  ।

  • न्युज बहार संवाददाता

थप