Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

सिक्किममा गएको हिमपहिरोमा ३ नेपालिको मृत्यु।

  •   ३ वर्ष अघि | २२ चैत्र २०७९, बुधबार

चैत २२, काठमाडौँ । सिक्किमको गान्तोक–नाथुला सडक खण्डमा आएको हिमपहिरोमा परी तीन नेपालीसहित सात जनाको मृत्यु भएको समाचार एजेन्सीले जनाएको छ। उक्त हिमपहिरोमा परी करिब एक दर्जन घाइते भएका छन् ।

गान्तोकका अधिकारीहरुले मृत्यु हुने नेपालीहरुमा चितवनका आशिका ढकाल र शिवप्रसाद लामिछाने तथा रुपन्देहीकी मुना शाह श्रेष्ठ रहेको जानकारी दिएको छ । अन्य मृतकहरु भने भारतको पश्चिम बंगाल, उत्तरप्रदेश र कोलकाता सहरका रहेकाछन् ।

मंगलबार दिउँसो सवा १२ बजे तिर गान्तोक–नाथुलापास जोड्ने जवाहरलाल नेहरु सडकमा गएको हिमपहिरोमा ५–६ वटा सवारी साधनसहित २०–३० जना पर्यटक पुरिएको आशंका गरिएको इन्डियन एक्सप्रेसको समाचारमा उल्लेख गरिएको छ।

  • न्युज बहार संवाददाता

थप