साउन १६, काठमाडौँ । ‘पर्यटक प्रहरी तालिम’ नेपाल भ्रमणमा रहेका विदेशी पर्यटकलाई विशिष्टिकृत सेवा प्रदान गर्ने उद्देश्यले सुरु भएको छ ।
सोमबारदेखि पर्यटक प्रहरी कार्यालय भृकुटीमण्डप, संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालय, पर्यटन विभाग र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानको सहकार्यमा अठार दिने तालिम सुरु भएको हो ।
तालिमको शुभारम्भ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव भरतमणि सुवेदीले गर्नुहुँदै नेपाल भ्रमणमा रहेका विदेशी पर्यटकलाई पर्यटन प्रहरीले दिने सेवालाई थप व्यावसायिक र विशिष्टिकृत दक्षतालाई अझै वृद्धि गर्दै जानुपर्ने बताए ।
उनको विश्समुदायमा नेपाली संस्कृतिको ‘अतिथि देवो भवः’ भन्ने मान्यताले एक फरक एवं विशिष्टपहिचान छाडेको भनाइ छ ।
तालिमबाट पर्यटक प्रहरीको कार्यदक्षतामा अभिवृद्धि हुने विश्वास पर्यटक प्रहरी एकाइ भृकुटीमण्डपका प्रमुख, प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले व्यक्त गरेका छन । प्रशिक्षणमा प्रहरी जवान १४, प्रहरी सहायक हवल्दार सात, प्रहरी हवल्दार पाँच र प्रहरी सहायक निरीक्षक चार सहित ३० प्रशिक्षार्थी सहभागी छन् ।
- न्युज बहार संवाददाता