फागुन ८, काठमाडौँ । यस वर्षको हिउँद याममा एक पटक पनि पानी पर्न
सकेन पानी नपर्दा हिमाली पर्यटन व्यवसाय चौपट बन्न पुगेको छ । टल्कने हिमालमा
हेर्दै हिउँमा नै खेल्न उफ्रिन रमाउने र फोटोहरु खिच्न रमाउँदै हिमाली क्षेत्र चढ्ने
पर्यटकहरू फागुन लागिसक्दा समेत पानी नपर्दा यसपाली हिमाली क्षेत्र चढेका छैनन् । यसैको
कारणले गर्दा हिमाली क्षेत्रका पर्यटन, होटल तथा होमस्टे, ट्रेकिङ व्यवसाय चौपट हुन
पुगेको होमस्टे महासंघ नेपाल का निवर्तमान अध्यक्ष केशव बडाल बताउँछन ।
होसान का निवर्तमान अध्यक्ष केशव बडाल यस वर्षको हिउँदे व्यवसायले
कोभिड–१९ कै
समयको झल्को दिएको पनि बताउँछन् । उनले भने ‘फागुन आधाआधीसम्म पनि पानी
परेको छैन । पानी नपरेको कारण हिमाली क्षेत्रमा हिउँ परेको छैन । टलक्क टल्किने
हिमालहरू फुङ्ग सुख्खा छन् । यस्ता सुख्खा हिमाल हेर्न पर्यटक किन जाउन् ?,’ उनी अगाडी बताउँछन पानी नपरेकै
कारण यस वर्षको ८० प्रतिशत हिमाली पर्यटक घटेका छन । पर्यटकको अभावमा यतिखेर
हिमाली पर्यटन क्षेत्रले कोभिड–१९ को समय कै नियति देख्नु परिरहेको उनको भनाइ छ।
खासगरी हिउँदमा राम्रो पर्यटक लाग्ने दोलखाको शैलुङ, कालिनचोक, लाङटाङ, जिरी, यतिखेर प्रायः शून्यको अवस्थामा छन । यस्ता क्षेत्रमा
पर्यटकहरु छैनन भन्दा पनि हुन्छ । त्यस्तै हिउँदमा पानी पर्दा राम्रै पर्यटक पाउने काठमाडौँ आसपासकै
क्षेत्रहरू चन्द्रागिरि, नगरकोट र फुल्चोकी (गोदावरी) क्षेत्रहरू समेत यतिखेर
सुनसाननै छन् । जसले यी क्षेत्रको पर्यटन गतिविधि मात्र होइन पछिल्ला
दिनमा आर्थिक गतिविधिमा समेत सुस्तता ल्याएको प्रष्ट हुन्छ।