जेठ ८, काठमाडौँ। प्रधानमन्त्रीको सम्पती
सार्वजनिक भएको छ । बिहीबारको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्रीसहित मन्त्रीहरुको
सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णयपछी आज प्रधानमन्त्री पुष्पकमल दाहाल
प्रचण्डको सम्पत्ति विवरण पनि सार्वजनिक भएको हो ।
प्रधामनन्त्री
प्रचण्डको भरतपुर महानगरपालिका–१४ मा १४ कठ्ठा पार्किङको जग्गासहित घर रहेको र यो घर स्वर्गीय
धर्मपत्नी सीता दहालकको नाममा रहेकोले जग्गा पैतृक सम्पत्ति भएको उनको सार्वजनिक
भएको सम्पत्ति विवरणमा लेखिएको छ ।
त्यस्तै सम्पत्ति
विवरण अनुसार प्रचण्डको नाममा एभरेष्ट बैंकमा २५ लाख रुपैयाँ नगद मौज्दात रहेको छ
। सो रकमको स्रोत प्रतिनिधिसभा सदस्यका हैसियतमा प्राप्त भएको उल्लेख गरिएको छ ।
विवरणमा
प्रधानमन्त्रीको नाममा कुनै पनि ऋण, पशु धन र सवारी साधन तथा शेयर नभएको
बताइएको छ ।
- न्युज बहार संवाददाता