Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

हामी गुण र दोषका आधारमा प्रतिपक्ष भएर बस्छौँ : रवि लामिछाने

  •   २ वर्ष अघि | ६ साउन २०८१, आइतवार

साउन ६, काठमाडौँ । सरकारले सुरुवातमै देखाएका संकेतहरुले आफूहरूलाई झस्काएको टिप्पणी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले गरेका छन् । 

पूर्वउपप्रधान तथा गृहमन्त्री समेत रहेका लामिछानेले आज आइतबारको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राखेको विश्वासको प्रस्तावमाथि छलफलमा भाग लिँदै आफ्नो कार्यकालमा विभिन्न भ्रष्टाचारबारे अनुसन्धान सुरु गरिएको र त्यसलाई ‘स्टन्ट’ भनिएको आपत्ति जनाएका छन।

यस विषयमा उनले भने, ‘स्टन्ट होइन, हामी त्यसलाई आँट, विधि र साहस भन्छौँ ।’ 

उनले भने ‘जहाँ-जहाँ हामीले विषय उठायौँ, त्यहाँ-त्यहाँ पुरस्कार देखियो, नक्कली भुटानी शरणार्थीको विषयमा पुन अनुसन्धान सुरु गरेका थियौँ, मन्त्रीमण्डलमा को गयो ? संसद् र देशलाई राम्रोसँग थाहा छ।’

गुण र दोषका आधारमा प्रतिपक्ष भएर बस्ने पनि उनले बताएका छन ।

  • न्युज बहार संवाददाता

थप