असार १८,
काठमाडौँ । नेकपा एमालेका मन्त्रीहरूले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारबाट राजीनामा
दिने भएका छन् । एमालेले नेपाली कांग्रेससँग नयाँ सरकार गठनका लागि सहमति गरेसँगै मन्त्रीहरू
राजिनामा दिने प्रकृया रहेका हुन ।
दुई ठुला
दलबिच सोमबार मध्यरातमा एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन
गर्ने सहमति भएसँगै अहिले मन्त्रीहरूले राजीनामा बुझाउन जानेबारे छलफल भइरहेको छ ।
नेकपा
एमालेका प्रमुख सचेतक महेश बर्तौलाका अनुसार मन्त्रीहरूले राजीनामा बुझाएपछी
नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ ।
- न्युज बहार संवाददाता