जेठ १४,
काठमाडौँ । दोहाबाट डब्लिन जाँदै गरेको विमानमा टर्बुलेन्स भएको छ । डब्लिनका लागि
दोहाबाट उडेको जाहाजले टर्कीमा टर्बुलेन्सको सामना गरेको हो । यस टर्बुलेन्सका
कारण कम्तीमा १२ जना घाइते भएका छन् । बोइङ ७८७-९ ड्रीमलाइनरले टर्कीको आकाशमा
टर्बुलेन्सको सामना गरेको डब्लिन एयरपोर्ट अपरेटर डीएए जनाएको छ ।
टर्बुलेन्सका
कारण छ जना यात्रु र छ जना चालक दलका सदस्यहरू घाइते भएका र तिमध्ये आठ जनालाई
अस्पताल लगिएको रिपोर्टमा उल्लेख गरिएको छ ।
- न्युज बहार संवाददाता