Breaking News
दुई वर्षमा हामी हल्ला नै नगरी सिंहदरबार पसिसक्यौँ : रवि लामिछाने    ||     गल्फ जायन्टमा रहेर अलराउन्डर दीपेन्द्र सिंह ऐरीले आईएल टी २० लिग खेल्ने    ||     कमेडियन हिमेश पन्तले भने कैलाश सिरोहियाको नागरिकता र मुटु दुई वटै कमजोर रहेछ    ||     ‘नेपाली उत्पादनलाई समर्थन गरौँ’ नाराका साथ काठमाडौँमा ‘म्याङ्गो फेस्ट’सुरु    ||     किसानलाई उन्नत जातका बाख्रा वितरण    ||     गृहमन्त्री रवि लामिछानेको मुद्दामा आज सुनुवाइ हुने    ||     आज दशौँ अन्तर्राष्ट्रिय योग दिवस    ||     प्रतिनिधिसभा बैठक बस्ने, प्रधानमन्त्रीले सांसदहरूको प्रश्नको जवाफ दिने कार्यसुची    ||     आज यी प्रदेशमा भारी वर्षाको सम्भावना, अन्यमा हल्कादेखि मध्यम वर्षा हुने    ||     मेलम्चीको पानी शुक्रबारदेखि बन्द हुने    ||    

आजको मौमस : वर्षा र तातो हावा चल्ने सम्भावना

  •   ३ हप्ता अघि | १६ जेष्ठ २०८१, बुधबार

जेठ १६, काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा स्थानीय वायुको प्रभाव सँगै देशको पूर्वी भूभागमा रेमल चक्रवातको आंशिक प्रभाव रहेको छ। यसको प्रभावले बुधवार कोशी प्रदेश लगायत अन्य पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागको मौसममा आंशिक बदली र मौसम सफा रहने छ। 

आज गण्डकी प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का वर्षा हुन सक्छ ।

आगामी केही दिन सम्म देशभरको तापक्रमको अवस्थाको विश्लेषण अनुसार तराईका भू-भागहरूमा अत्यधिक गर्मीको सम्भावना रहेको छ । तराई भू-भागहरूमा ३ दिन जेठ १६ गते देखि जेठ १८ गतेसम्म तातो हावा तथा तातो लहरको सम्भावना रहेको छ । 

  • न्युज बहार संवाददाता

थप