माघ २, काठमाडौँ । आज माघ २ गते बुधबार
२७ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस । यस अबसरमा आज भूकम्पसम्बन्धी विविध
सचेतनामूलक कार्यक्रमको आयोजना गरिदैँ छ ।
यस वर्ष राष्ट्रिय
भूकम्प सुरक्षा दिवसको मुल नारा ‘भूकम्पले सिकाएको पाठ, बलियो संरचना र सुदृढ
पूर्वतयारीका साथ’ भन्ने रहेको
छ । यस दिन देशैभर भूकम्प सम्बन्धित विभिन्न कार्यक्रमको आयोजना गरिदैँ छ ।
भूकम्पबाट सुरक्षित रहन सुदृढ पूर्वतयारी गर्नुपर्ने र हाम्रा
घर संरचनाहरु पनि बलियो बनाउनुपर्ने भूकम्पको मुख्य पाठ रहेको सहरी विकास तथा भवन
निर्माण विभागका विभागका महानिर्देशक मचाकाजी महर्जनले बताएका छन ।
- न्युज बहार संवाददाता