Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

सुर्खेतमा भएको गाडी दुर्घटनामा तीन जनाको मृत्यु, २४ जना भन्दा बढी घाइते

  •   २ वर्ष अघि | २३ कार्तिक २०८१, शुक्रबार

कात्तिक २३, काठमाडौँ । सुर्खेतमा भएको गाडी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।

दैलेखबाट सुर्खेत आउँदै गर्दा आज शुक्रबार दिउँसो सवा दुई बजे कर्णाली प्रदेश ०२००१ ख ९९८ नम्बरको गाडी सुर्खेत र दैलेखको सीमानामा दुर्घटनामा परेको थियो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी वीरेन्द्रवीर विश्वकर्माका अनुसार उक्त दुर्घटनामा मृत्यु भएकाहरूको पहिचान खुलेको छैन भने उनीहरुको घटनास्थलमै मृत्यु भएको हो।

दुर्घटनामा २४ जना भन्दा बढी घाइते भएका छन्। डिएसपी विश्वकर्माका अनुसार घाइतेहरूलाई उपचारका लागि कर्णाली प्रदेश अस्पतालमा लगिएको छ ।

  • न्युज बहार संवाददाता

थप