Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

एउटै सेयर एकै दिनभित्र पटक पटक खरिद तथा बिक्री गर्न सकिने!

  •   १ वर्ष अघि | ८ साउन २०८२, बुधबार

साउन ७, काठमाडौँ । नेपाली सेयर मार्केटमा अब नेपाल धितोपत्र बोर्डले इन्ट्रा–डे कारोबार गर्न व्यवस्था गर्ने भएको छ । धितोपत्र बोर्डले ल्याएको आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममा यस्तो व्यवस्था गरिएको हो । 

एउटै सेयर एकै दिनभित्र पटक पटक खरिद तथा बिक्री गर्न सकिने व्यवस्थालाई ‘इन्ट्रा डे’ कारोबार भनिन्छ । अहिले यस्तो व्यवस्था छैन । अहिले खरिद बिक्री गरिएको सेयर राफसाफ भई सम्बन्धित व्यक्तिको खातामा आएपछि मात्रै पुनः कारोबारका लागि योग्य हुन्छ । 

अहिले राफसाफका लागि टिप्लसटू कारोबार प्रणाली लागु भइरहेको छ । यस प्रणालीमा कारोबार गरिएको सेयर राफसाफ हुन २ दिन लाग्ने गर्छ । यदी इन्ट्रा–डे कारोबार प्रणाली लागु भयो भने दिनभर कारोबार भएकोमध्ये खरिद गरिएको र बिक्री गरिएको शेयरको खुद शेयरको मात्रै रकम भुक्तानी गर्नुपर्ने हुन्छ ।

  • न्युज बहार संवाददाता

थप