Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

देशभरका स्कुल र विश्वविद्यालयहरू तीन दिन बन्द गर्न शिक्षा मन्त्रालयको अनुरोध

  •   २ वर्ष अघि | १२ असोज २०८१, शनिबार

असोज १२, काठमाडौँ । देशभरका स्कुल र विश्वविद्यालयहरू तीन दिन बन्द गर्न शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले अनुरोध गरेको छ।

शैक्षिक संस्थाका भवनमा आकस्मिक व्यवस्थापनसमेत गर्नुपर्ने भएकाले देशभरका सबै स्कुल र विश्वविद्यालय आइतबारदेखि तीन दिन बन्द गर्न स्थानीय तहलाई आज शनिबार मन्त्रालयले विज्ञप्ति जारी गर्दै अनुरोध गरेको हो।

मन्त्रालयका अनुसार देशभर यातायात अवरूद्ध भएको, विद्यार्थी र अभिभावक बाढी पहिरोको चपेटामा परेको, विश्वविद्यालय र स्कुलका भवनमा क्षति पुगेको र  दैनिक जीवनयापनमा कठिनाइ भएको जानकारी मन्त्रालयमा प्राप्त भइरहेकाले यस्तो निर्णय गरिएको हो ।

  • न्युज बहार संवाददाता

थप