चैत २०, काठमाडौँ । नेपाली बजारमा आज मंगलबार सुनको मूल्य घटेको छ
भने चाँदीको मुल्य बढेको छ ।
सुनको
भाउ आज अघिल्लो दिनको तुलनामा प्रतितोला चार सय रूपैयाँले घटेको हो ।
आज
छापावाल सुन प्रतितोला एक लाख ३१ हजार दुई सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक
लाख ३० हजार पाँच सय ५० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले
जनाएको छ ।
आज मंगलबार नेपाली बजारमा चाँदीको मूल्य भने अघिल्लो दिनको तुलनामा बढेको छ।
यस दिन चाँदी
प्रतितोला १० रुपैयाँले बढेको हो ।
आज चाँदी प्रतितोला एक हजार पाँच सय ४५
रूपैयाँमा कारोबार भइरहेको छ ।
- न्युज बहार संवाददाता