नागढुङ्गा मुख्य सुरूङको आज ‘ब्रेक थ्रु’ हुने

  •   १ महिना अघि | ३ बैशाख २०८१, सोमवार

बैशाख ३, काठमाडौँ । आज सोमबार नागढुङ्गा सुरूङ मार्गको मुख्य सुरूङ छिचोलिने भएको छ।

आज औपचारिक कार्यक्रमबीच सुरुङ ब्रेक थ्रुगर्न लागिएको नागढुंगा सुरुङ निर्माण परियोजनाका उपनिर्देशक गोविन्द दुमरूले जनाएका छन ।

 आज गरिने औपचारिक ब्रेक थ्रु कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहभागी हुने जनाइएको छ ।

आयोजनाको मुख्य सुरूङको लम्बाइ दुई हजार ६६७ मिटर रहेको छ जसले चन्द्रागिरि नगरपालिकाको बलम्बुदेखि धादिङको सिस्नेखोला सम्म जोड्नेछ । नागढुंगा सुरूङमार्ग आज दुई मिटर खनेपछि छिचोलिने बताएको छ ।

गत साउनमै आयोजनाको उद्धार (रेस्क्यु) सुरूङ भने छिचोलिसकिएको छ। 

मुख्य सुरूङ आज छिचोलिने भएपनि तुरुन्तै उक्त सुरूङमार्ग सञ्चालनमा भने आउँदैन।

आयोजना निर्माण कार्य पूरै सकिएपछि मात्रै सवारी साधन सञ्चालनमा आउनेछन

  • न्युज बहार संवाददाता

थप