भदौं ३,
काठमाडौँ । सिन्धुपाल्चोक जिल्लामा गएको सुख्खा पहिरोका कारण इन्द्रावती नदी आंशिक रुपमा थुनिएको छ।
सिन्धुपाल्चोक
जिल्लाको इन्द्रावती नदी पाँच पोखरी थाङपाल गाउँपालिका वडा नम्बर ७ तिपेनीमा गएको
सुख्खा पहिरोका कारण आंशिक रुपमा थुनिएको हो ।
सुख्खा
पहिरोका कारण नदी आंशिक रुपमा थुनिएपछी यतिबेला मेलम्ची, तिपेनी लगायत तटीय क्षेत्रका
नागरिकहरू त्रसित भएका छन् ।
तिपेनी
बजार र इन्द्रावती नदी किनारका नागरिकहरू गएराति देखि आएको पहिरोका कारण
इन्द्रावती नदीको बहाव रोक्न सक्ने भन्दै त्रसित भएका हुन् ।
- न्युज बहार संवाददाता