Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

पहिरो, बाढी र डुवानपछि संकटग्रस्त क्षेत्रका स्थानियलाई १ करोड रुपैयाँसम्म राहत रकम दिने सरकारको निर्णय

  •   २ वर्ष अघि | १ कार्तिक २०८१, बिहिबार

कात्तिक १, काठमाडौँ । संघीय सरकारले संकटग्रस्त क्षेत्रका स्थानियलाई राहत रक दिने भएको छ । संघीय सरकारले गएको असोज १२ को पहिरो र बाढी र डुवानपछि संकटग्रस्त क्षेत्र घोषणा गरिएका स्थानीय तहलाई ५० लाखदेखि १ करोड रुपैयाँसम्म राहत रकम दिने जनाएको हो ।

संकटग्रस्त क्षेत्र घोषणा गरिएका २० जिल्लाका ७१ स्थानीय तहलाई ३ समूहमा आज बिहीबार बसेको राष्ट्रिय विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरण कार्यकारी समितिको बैठकले बर्गीकरण गरेको छ । सोही बर्गीकरण अनुसार राहत दिइने छ ।

बर्गीकरण अनुसार पहिलो समूहमा परेका ९ स्थानीय तहलाई १ करोड, दोस्रो समूहमा परेका १२ स्थानीय तहलाई ७५ लाख तथा तेस्रो समूहमा परेका ५० स्थानीय तहलाई ५० लाख रुपैयाँ दिइने छ ।

  • न्युज बहार संवाददाता

थप