Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

फिल्म ‘महाभोज’ अब ओटीटी प्लाटफर्ममा हेर्न सकिने

  •   १ वर्ष अघि | २८ साउन २०८२, मङ्लबार

साउन २७, काठमाडौँ । फिल्म ‘महाभोज’ अब ओटीटी प्लाटफर्ममा हेर्न सकिने भएको छ । यो फिल्मलाई ‘एमएसएम’ले प्लाटफर्ममा रिलिज गरेको हो ।

दिनेश राउतको निर्देशनमा बनेको फिल्म राजनीतिक भ्रष्टाचारमा आधारित रहेको छ । यस फिल्ममा सर्वसाधारणले सहकारी संस्थामा बचत गरेको निक्षेपलाई कसरी दलले स्वार्थमा प्रयोग गर्दा सामाजिक संकट आउँछ भन्ने देखाइएको छ ।

विकास सुवेदीको लेखन तथा हिमाल कडरियाको निर्माण रहेको फिल्म ‘महाभोज’ मा खगेन्द्र लामिछाने, दयाहाङ राई, आर्यन सिग्देल, मलिका महत, अञ्जना बराइली, बुद्धि तामाङ, गौमाया गुरुङ, , मोहन निरौला, वसुन्धरा भुसाल, कमलमणि नेपाल, लगायतका कलाकारको अभिनय छ । यो फिल्म गत जेठ ३० गतेदेखि हलमा रिलिज भएको थियो ।

  • न्युज बहार संवाददाता

थप