असोज ४, काठमाडौँ
। अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा जारी संयुक्त
राष्ट्रसङ्घ महासभाको ७९ औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व
गर्दै प्रधानमन्त्री केपी शर्मा ओली अमेरिका तर्फ
प्रस्थान गरेका छन् ।
प्रधानमन्त्री ओली नेतृत्वको टोली आज शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय
विमानस्थलबाट कतारको
दोहा हुँदै अमेरिकाको न्युयोर्क प्रस्थान गरेको हुन ।
अमेरीका भ्रमणको प्रधानमन्त्री
ओली नेतृत्वको टोलीमा प्रधानमन्त्री पत्नी राधिका शाक्य, परराष्ट्र सचिव सेवा लम्साल, प्रधानमन्त्रीका सल्लाहकार विष्णु
रिमाललगायत रहेका छन् ।
प्रधानमन्त्रीलाई विमानस्थलमा उपप्रधानमन्त्री, राष्ट्रियसभा अध्यक्ष, सभामुख, मन्त्रीहरूका साथै नेकपा
एमालेका नेताहरूले बिदाइ गरेका थिए । बिदाईका क्रममा प्रधानमन्त्री ओली नेतृत्वको टोलीलाई नेपाली
सेनाको एक टुकडीले विशेष सम्मान प्रकट गरेको थियो ।
- न्युज बहार संवाददाता