कात्तिक २, काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोली पूर्वगृहमन्त्री तथा राष्ट्रिय
स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका रवि लामिछानेलाई पक्राउ गर्न पार्टी
कार्यालयमा पुगेको छ।
काठमाडौँको
चमतिस्थित रास्वपाको पार्टी कार्यालयमा सिआइबीको टोली पुगेको प्रहरी स्रोतले
जनाएको छ । पक्राउ गर्न पुगेको सिआइबीको टोलीसँगै चमति क्षेत्रमा सुरक्षाका लागि
ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
जिल्ला अदालत कास्कीबाट
प्रहरीले आज शुक्रबारमात्रै लामिछानेविरूद्ध पक्राउ पुर्जी लिएको हो।
- न्युज बहार संवाददाता