Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने

  •   १ महिना अघि | २८ जेष्ठ २०८३, बिहिबार

जेठ २८, पोखरा पोखराबाट संयुक्त अरब इमिरेट्सको दुबईका लागि नियमित अन्तर्राष्ट्रिय व्यावसायिक हवाई सेवा सञ्चालन हुने भएको छ। आगामी सेप्टेम्बर २३, २०२६ देखि सुरु हुने उक्त उडानका लागि टिकट बुकिङसमेत खुला गरिएको छ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन सन् २०२३ जनवरी १ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले गरेका थिए। लामो समयदेखिको प्रतीक्षा, स्थानीयवासीको निरन्तर पहल, पर्यटन व्यवसायीहरूको सक्रियता तथा विभिन्न चरणमा भएका प्रयासपछि निर्माण सम्पन्न भएको यो विमानस्थल पोखराको महत्वपूर्ण गौरवको परियोजनाका रूपमा चिनिन्छ।

अब दुबईसँग नियमित अन्तर्राष्ट्रिय हवाई सम्पर्क स्थापित हुन लागेसँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले आफ्नो स्थापनाको मुख्य उद्देश्यअनुसार अन्तर्राष्ट्रिय उडान सेवा विस्तार गर्ने दिशामा महत्वपूर्ण उपलब्धि हासिल गरेको विश्वास गरिएको छ।

  • न्युज बहार संवाददाता

थप