मंसिर
२३, पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज अदालत पेश गरिने
भएको छ । सहकारी ठगी आरोपमा पक्राउ परेका उनलाई आज जिल्ला अदालत कास्कीमा उपस्थित गराई
म्याद थप गरिने जनाइएको छ ।
मङ्सिर ८ गतेदेखि लागू हुने
गरी थपिएको १५ दिनको म्याद हिजो शनिबार सकिएपछी उनलाई पुन: म्याद थपका लागि अदालत
पेश गरिन लागिएको प्रहरी स्रोतले जनाएको छ ।
- न्युज बहार संवाददाता