कात्तिक २, काठमाडौँ । रास्वपा - राष्ट्रिय
स्वतन्त्र पार्टीका सभापति एंवम पुर्व गृहमन्त्री रवि लामिछाने पक्राउ परेका छन् ।
गोर्खा
मिडिया नेटवर्क प्रा.लि.मा रहदाँ सहकारीको रकम अपचलन गरेको आरोपमा उनलाई शुक्रबार
साँझ पार्टी कार्यालयबाट पक्राउ गरिएको हो ।
काठमाडौँस्थित रास्वपाको
केन्द्रीय कार्यालयबाट लामिछानेलाई पक्राउ गरेको हो भने जिल्ला अदालत, कास्कीबाट पक्राउ अनुमति
लिएर प्रहरीले उनलाई आज पक्राउ गरेको हो । उनले कार्यलयबाट पक्राउ पर्नुअघि कार्यकर्तालाई
संक्षिप्त सम्बोधन गरेका थिए ।
- न्युज बहार संवाददाता