भदौ ९,
काठमाडौँ । रामेछाप दोरम्बा शैलुङ गाउँपालिका–३ मा गएराति गएको पहिरोमा
पुरिएका ६ जनाको शव भेटिएको छ । अझ एकजना घाइते रहेका र केही
बेपत्ता रहेका जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक कौशल न्यौपानेले
बताएका छन ।
गाउँपालिकाकी
उपाध्यक्ष खमला थापामगरले दिनुभएको जानकारीअनुसार पहिरोमा परि एघार वर्षीय अञ्जना
श्रेष्ठ घाइते भएकी छन् भने उनको कम्मरभन्दा मुनिको भाग चलेको छैन ।
- न्युज बहार संवाददाता