असार १७, काठमाडौँ । जिल्ला अदालत
सर्लाहीले बाल यौन दुराचार गरेको कसूरमा आफूलाई तपश्वी दाबी गर्ने रामबहादुर
बम्जनलाई १० वर्ष सजाय सुनाएको छ ।
सोमबार बम्जनलाई
जिल्ला अदालत, सर्लाहीका
न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले १० वर्ष कैद र पीडितलाई ५ लाख रुपैयाँ
क्षतिपूर्ति भराउने आदेश दिएको हो ।
जिल्ला
अदालत, सर्लाहीका
स्रेस्तेदार सदन अधिकारीका अनुसार यसअघि न्यायाधीश भण्डारीको इजलासले १० असारमा
बम्जनलाई दोषी ठहर गरेको र सजाय निर्धारणका लागि सोमबारका लागि पेशी तोकिएको हो ।
- न्युज बहार संवाददाता