जेठ १८, काठमाडौँ । प्रहरीले विभिन्न
कारणले ट्राफिक नियम उल्लंघन गरेकाहरुलाई ट्राफिक शारीरिक दण्ड दिन थालेको भन्दै
सर्वोच्च अदालतमा रिट परेको छ ।
गृहमन्त्री
रवि लामिछानेले मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउनेहरुलाई स्वयंसेवकका
रुपमा सडकमा खटाउने भनी गरेको निर्णयलाई चुनौती दिई सर्वोच्च अदालतमा रिट निवेदन
दर्ता भएको हो ।
विभिन्न
स्थानका ७ जनाले गृहमन्त्री लामिछानेको निर्णयमाथि चुनौती दिई सर्वोच्च अदालतमा
रिट निवेदन दर्ता गराएका हुन् ।
आज शुक्रबार
दर्ता भएको उनीहरुको रिट निवेदनमाथि आइतबार प्रारम्भिक सुनुवाइ हुने जनाइएको छ ।
- न्युज बहार संवाददाता