Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

नेपालबाट पहिलो पटक मरिच निर्यात

  •   १ वर्ष अघि | ७ साउन २०८२, मङ्लबार

साउन ६, काठमाडौँ । नेपाली भान्साको परिचित मसला हो मरिच । मरिच नेपालीको लागि चिरपरिचित मसलाको अन्तर्गत पर्छ । नेपालमा यसलाई औषधीको रुपमा पनि प्रयोग गरिन्छ । पहिलो पटक नेपालमा उत्पादित मरिच नेपालबाट फ्रान्स निर्यात भएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८१/०८२को वार्षिक तथ्याङ्कले यस्तो देखाएको हो ।  विभागको उक्त तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०८१/०८२ मा नेपालले फ्रान्समा १ लाख ३९ हजार रुपैयाँको २५० केजी मरिच निर्यात गरेको छ ।  

अहिले सम्मको तथ्याङ्क हेर्ने हो भने नेपालले पहिलो पटक विश्वमा एक मात्रै मुलुकमा मरिच निर्यात गरेको हो ।

  • न्युज बहार संवाददाता

थप