Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

बागमती प्रदेशमा २० दशमलव ५१ प्रतिशत मात्र रोपाइँ सम्पन्न

  •   १ वर्ष अघि | २३ असार २०८२, सोमवार

असार २३, मकवानपुर ।  हालसम्म बागमती प्रदेशमा २० दशमलव ५१ प्रतिशत जग्गामा धान रोपाइँ भएको बागमती प्रदेश कृषि निर्देशानलले जनाएको छ । असार महिना सकिनै लाग्दा पनि अहिलेसम्म बागमती प्रदेशमा २० प्रतिशत जग्गामा मात्र धान रोपाइँ हुन सकेको हो । 

यसवर्ष समयमै वर्षा नहुँदा प्रदेशको करिब ८० प्रतिशत खेतीयोग्य जग्गा अझै बाँझो रहेको र प्रदेशको कूल पाँच लाख ३४ हजार आठ सय ७१ दशमलव ६० हेक्टर जग्गामध्ये एक लाख २० हजार ६ सय १० दशमलव २५ हेक्टरमा धान रोपाइँ हुने गरेको बागमती प्रदेश कृषि निर्देशानलयका सूचना अधिकारी प्रमोदप्रसाद दाहालले जनाएका छन ।  

सूचना अधिकारी दाहालका अनुसार हालसम्म २४ हजार सात सय ४२ दशमलव ७८ हेक्टर जग्गामा मात्र धान रोपाइँ हुन सकेको हो । अहिलेसम्म प्रदेशमा सबैभन्दा बढी दोलखा र भक्तपुरमा ६५ प्रतिशत रोपाइँ सकिएको छ भने सबैभन्दा कम धादिङमा ५ प्रतिशत जग्गामा मात्र धान रोपाइँ भएको छ ।

असारको दोस्रो सातायता सम्म पनि प्रर्याप्त वर्षा नहुँदा वैकल्पिक सिँचाइको प्रबन्ध मिलाएरै भए पनि किसानले धान रोपाइँ गरिरहेका छन् । 

  • न्युज बहार संवाददाता

थप