साउन १७,
काठमाडौँ । राष्ट्रिय परिचयपत्रमा आफ्नो संस्कृति र जातीय पहिचान जनाउने पहिरन
लगाएको फोटो राख्न कुनै बाधा नरहेको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले बताएको
छ ।
पछिल्लो
समयमा सिन्दूर पोते र टिका जस्ता नेपाली पहिचानका बस्तु पनि हटाएर फोटो खिच्न
लगाइएको भन्दै आलोचना भएपछि राष्ट्रिय परिचयपत्रको जैविक विवरण लिने र आवश्यक
कागजातको सम्बन्धमा रहेका द्विविधा हटाई पञ्जीकरण विभागले नयाँ निर्देशन जारी गरेको छ ।
याका
लागि आवश्यक ४ बुँदे निर्देशन दिँदैसेवा प्रवाहलाई सरल, सहज तथा थप प्रभावकारी बनाउन
भन्दै सबै जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय, राष्ट्रिय परिचयपत्र इकाई रहेका
सबै र राष्ट्रिय परिचयपत्र इकाइलाई निर्देशन जारी गरेको छ ।
- न्युज बहार संवाददाता