फागुन
२०, काठमाडौँ । अभिनेत्री तथा राजनीतिमा सक्रिय निशा अधिकारी ले सामाजिक सञ्जालमा आफूविरुद्ध भइरहेको
अपमानजनक टिप्पणी र दुव्र्यवहारप्रति आपत्ति जनाएकी छन् । उनी गतिशील लोकतान्त्रिक
पार्टी का तर्फबाट काठमाडौँ–५ क्षेत्रमा उम्मेदवार बनेकी छन् ।
उम्मेदवारी दर्ता गरेपछि आफूलाई लक्षित
गर्दै व्यक्तिगत टिप्पणी र आक्रमण बढेको उल्लेख गर्दै उनले सीमा ननाघ्न चेतावनी
दिएकी छन् । यसअघि पनि विभिन्न सञ्चारमाध्यमसँगको अन्तर्वार्तामा उनले यस्ता
व्यवहारप्रति असन्तुष्टि व्यक्त गर्दै आएकी थिइन् ।
बुधबार बिहान उनले
सामाजिक सञ्जालमै आफूलाई गाली गर्ने केही व्यक्तिहरूका स्क्रिनसट सार्वजनिक गरिन्
। उक्त पोस्टमा उनले यसपटक नाम नलुकाएको बताउँदै, कहिलेकाहीँ
घृणा गुमनाम रूपमा होइन, खुला रूपमा सामान्य
बनाइँदै फैलिने गरेको उल्लेख गरेकी छन् ।
- न्युज बहार संवाददाता