Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

सेवा निवृत्त भएका पदाधिकारीहरूले कानुन विपरीत पाउँदै आएको सेवा सुविधा रोक्न अर्थ मन्त्रालयको पत्र

  •   १२ महिना अघि | १० असोज २०८२, शुक्रबार

असोज १०, काठमाडौँ । सेवा निवृत्त भएका राजनीतिक तथा प्रशासनिक पदाधिकारीहरूले कानुन विपरीत पाउँदै आएको सेवा सुविधा रोक्न अर्थ मन्त्रालयले गृह र रक्षा मन्त्रालयलाई पत्र पठाएको छ।

अर्थ मन्त्रालयले प्रचलित कानुनअनुसार नपर्ने सवारी साधन, जिन्सी सामान, सहयोगी कर्मचारी र सुरक्षाकर्मी फिर्ता गराउन तथा अन्य गैरकानुनी सेवा–सुविधा बन्द गराउन गृह मन्त्रालयलाई निर्देशन दिएको हो।

५ असोजमा बसेको मन्त्रिपरिषद्को बैठकले अनुत्पादक खर्च घटाउने र मितव्ययिता कायम गर्ने निर्णय गरेसँगै, उक्त निर्णय कार्यान्वयन गर्न अर्थ मन्त्रालयले यो पहल थालेको हो। यसअघि नै अर्थ मन्त्रालयले चालु खर्चमा व्यापक कटौती गर्ने निर्णय गरिसकेको छ।

 

  • न्युज बहार संवाददाता

थप