Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

सर्वसाधारणका लागि भोलिदेखि धरहरा चढ्न पाउने गरि खुल्ला हुँदै

  •   २ वर्ष अघि | २ असोज २०८१, बुधबार

असोज २, काठमाडौँ । सर्वसाधारणका लागि भोलि असोज ३ गते बिहीबारदेखि धरहरा चढ्न पाउने गरी खुल्ला हुने भएको छ । काठमाडौंको सुन्धारास्थित नवनिर्मित धरहरा भोलिदेखि सर्वसाधारणले चढ्‍न पाउने केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (भवन तथा आवास) का परियोजना का प्रमुख कोषनाथ अधिकारीले बताएका छन ।

अधिकारीका अनुसार सरकारले शहरी विकास मन्त्रालयमार्फत भोलिदेखि धरहरामा दैनिक करिब ५०० जनालाई चढ्न दिने गरी व्यवस्थापन गर्ने भएको हो ।

टिकट बुक गर्नेको लागि विहान ११ बजेपछि खुलाइने छ भने प्रत्येक आधा घण्टामा १०० जनाका टिकट दिने लागि व्यवस्था गरिएको छ ।

धरहराको प्रवेश टिकट निःशुल्क गरिएको छ भने यो निर्णय अर्को निर्णय नभएसम्मका लागि मान्य हुने छ ।  धरहराभित्रको पार्किङ पनि निःशुल्क हुने बताइको छ ।

  • न्युज बहार संवाददाता

थप