साउन १७,
नुवाकोट । नुवाकोटमा रहेको सयौँ रोपनी धानखेत बगरमा परिणत भएको छ । नुवाकोट जिल्ला
तारकेश्वर गाउँपालिका–२ पिमलटार
स्थित कोशीखोलामा बाढी आउँदा पिमलटारस्थित फाँटमा ठूलो क्षति भएको हो ।
नुवाकोट
र धादिङको सीमा भएर बग्ने उक्त खोलाको बाढीले त्यहाँ भर्खर रोपिएको धानखेत बगरमा
परिणत भएको छ ।
स्थानीय
किसानहरुले हालै रोपिएको खेत पूर्ण रुपमा बगरमा परिणत भएको बताएका छन । कानका
अनुसार बाढी रोकिएपछि रोपो उठाउन कोसिस गरेको भएपनि ग्रेगरसहितको बालुवा र लेदोले
पुरेकाले धेरै क्षति भएको हो हो । अहिले दुई सय रोपनी खेतलाई क्षति पुर्याउँदै खोला
बगिरहेको छ यही खोलाले चार सय रोपनी खेतमा लगाएको रोपो पनि पुरेको छ ।
- न्युज बहार संवाददाता