भदौ २३, काठमाडौँ । गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिएका छन्।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा उनले आफ्नो राजीनामा
प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको बारे एक मन्त्रीले जानकारी दिएका छन।
आज भएको जेनजीहरूको प्रदर्शन हिंसात्मक
बनेको थियो, जसमा हालसम्म १९
जनाको मृत्यु भइसकेको छ।
घटनाप्रति नैतिक
जिम्मेवारी लिँदै लेखकले राजीनामा दिएको जनाइएको छ।
- न्युज बहार संवाददाता