भदौ ११, काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आउँदो सात दिनभित्र सामाजिक सञ्जालहरूलाई सूचीकरण हुन सरकारले सार्वजनिक रुपमा आह्वान गरेको छ ।
सरकारका
प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले सोमबारको
मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको जानकारी दिएका हुन ।
उनले बैठकका
निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै तोकिएको अवधिमा सूचीकरण
हुन नआउने वा सूचीकरणको लागि सम्पर्क आउन आह्वान गरिएको बताएका छन । उनका अनुसार सूचीकरणको लागि सम्पर्कमा नआउने
सामाजिक सञ्जाललाई क्रमशः नेपाल भित्र निष्क्रिय गराउने निर्णय भएको छ ।
सूचीकरण
गरेमा सोही क्षणबाट ती सामाजिक सञ्जाललाई पुनः सक्रिय गराउन सञ्चार तथा सूचना
प्रविधि मन्त्रालयमार्फत नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिने निर्णय समेत
भएको मन्त्री गुरुङले बताएका छन ।
- न्युज बहार संवाददाता