Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

सुनको मुल्य निरन्तर उकालो लाग्दै, आज कति पुग्यो?

  •   १ वर्ष अघि | २२ भदौ २०८२, आइतवार

भदौ २२, काठमाडौँ ।  आइतबार नेपाली बजारमा सुन र चाँदीको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ। पछिल्ला केही दिनदेखि लगातार उकालो लागिरहेको सुन र चाँदीको मूल्य आइतबार फेरि उकालो लाग्दै अघिल्ला सबै रेकर्डहरू तोड्दै उच्च बिन्दुमा पुगेको हो।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार, आइतबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख १२ हजार रुपैयाँ पुगेको छ, जुन हालसम्मकै सबैभन्दा महँगो मूल्य हो। अघिल्लो दिन, अर्थात् शुक्रबार, सुन प्रतितोला २ लाख १० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो। त्यसको तुलनामा आइतबार सुनको मूल्य १ हजार ६०० रुपैयाँले वृद्धि भएको हो।

चाँदीको मूल्य पनि उकालो लाग्दै नयाँ रेकर्ड बनाएको छ। शुक्रबार प्रतितोला २ हजार ४९० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार १० रुपैयाँ बढेर २ हजार ५০০ रुपैयाँमा कारोबार भइरहेको छ।

  • न्युज बहार संवाददाता

थप