Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

फिल्म 'हरिबहादुरको जुत्ता' को पहिलो पोस्टर सार्वजनिक

  •   १ वर्ष अघि | १७ साउन २०८२, शुक्रबार

साउन १६, काठमाडौँ । वरिष्ठ कलाकार हरिवंश आचार्य अभिनित फिल्म 'हरिबहादुरको जुत्ता' को पहिलो पोस्टर सार्वजनिक भएको छ।

सार्वजनिक पोस्टरमा कलाकार आचार्यलाई सिङ्गल रूपमा प्रस्तुत गरिएको छ। उक्त पोस्टरले फिल्ममा रहेको उनको पात्रलाई स्पष्ट पर्ने कोसिस गरेको छ।  टेलिभिजन दर्शकमाझ लोकप्रिय रहेको हरिबहादुर पात्रलाई झल्को दिने पोस्टर तयार गरिएको छ । 

फिल्ममा हरिवंश आचार्य, प्रकाश सपुत, स्वस्तिमा खड्का, हरिहर शर्मा,  प्रियङ्का कार्की, किरण केसी, दिव्य देव, दिनेश काफ्ले, राजाराम पौडेल, कमलमणि नेपाल लगायतका कलाकारको अभिनय छ।

दसैँको फूलपाती (असोज १३) गतेबाट दीपेन्द्र के खनाल निर्देशित फिल्म प्रदर्शनमा आउंदैछ।  

  • न्युज बहार संवाददाता

थप